विभिन्न आरोह र अवरोहका अनुभवका साथ संस्थाले २८ वर्ष पुरा गरी २९ वर्षमा प्रवेश गरेको सुखद खवर आदरणीय सदस्यज्यूहरुमा जानकारी गराउन पाउँदा खुशी अनुभव भएको छ । संस्थाले पारदर्शिता विभिन्न आरोह र अवरोहका अनुभवका साथ संस्थाले २५ वसन्त पुरा गरेको छ । संस्थाले पारदर्शिता र आर्थिक सुशासनलाई आफ्नो प्राथमिकतामा राखेको छ तापनि राजनैतिक, प्राकृतिक, आर्थिक जस्ता संस्थाको सुचारु संचालनमा प्रभाव पार्ने विभिन्न वाह्य तत्वहरुको जोखिम समयसमयमा संस्थाले सामना गर्नुपरेको छ । तथापि यथासक्य समय सापेक्ष कार्यनीति अवलम्वन गर्दै अघि बढ्नाले ऋण तथा बचत कारोवार गर्ने सहकारी संस्थाहरु माझ आफ्नो पहिचान राख्न संस्था सफल रहेको छ ।
संस्थाले आफ्नो दैनिक कार्य संचालनलाई निर्वाध रुपले प्रावकारिताका साथ अघि बढाउन तयार गरिएका विभिन्न नियमावलीहरु। कार्यविधिहरु लागू गरी संस्थागत सुशासनलाई जोड दिएको छ । नियमित रुपमा लाभांश वितरण गर्दै आउन सफल यस संस्थाले आगामी वर्ष डिजिटल सेवा प्रदान गर्ने तयारी गरेको जानकारी गराउन पाउँदा खुशी लागेको छ । संस्थाले आगामी दिनहरुमा पनि यहाँहरु सवैको सहयोग, सुझाव र सद्भावको अपेक्षा राखेको छौं ।
धन्यवाद ! जय सहकारी !
