संस्थाले आफना सदस्यहरुको सेवा र सुविधाहरुलाई मध्यनजर गरी देहाय वमोजिमका विभिन्न प्रकारका खाताहरु सचालन गर्दै आइरहेको छ । ती खाताहरुमा संस्थाले आकर्षक व्याज पनि प्रदान गर्दै आइरहेको छ ।
विशेष बचत खाताः
यो खाता खासगरी व्यापारी समुदाय, संघसंस्था, कम्पनी कार्यालय तथा संस्थाबाट कर्जा लिने व्यक्तिको लागि खोलिने खाता हो र न्यूनतम रु.१०,०००।- बाट यस खाता खोल्न सकिने छ । यो खाता संयुक्त नाममा वा एकलौटी नाममा खोल्न सकिने छ ।
साधारण बचत खाताः
यो खाता संस्थाका सदस्यहरुबाट न्यूनतम रु.२,०००।- जम्मा गरी खोल्न सकिने छ । खाता खोलेपछि कम्प्यूटर स्टेटमेन्ट प्रदान गरिने छ । न्यूनतम मौज्दात भन्दा बढी निक्षेप रकम जम्मा भएमा चेकबुक प्रदान गरिने छ । बचत खातामा रु.१,०००।- न्यूनतम व्यालेन्स राख्नुपर्ने छ । यस खातामा वार्षिक ७.५०℅ का दरले व्याज हिसाब गरी त्रैमासिक रुपमा सम्बन्धित् खातामा जम्मा गरिने छ ।
बाल बचत खाताः
बाल बच्चाहरुका लागि सानैदेखि बचत गर्ने बानी बसाल्ने उद्देश्यले यो खाता संचालन गरिएको छ । यो खाता संरक्षकको नाममा रु.५०० बाट खोल्न सकिने छ र यस खातामा ७ प्रतिशतका दरले त्रैमासिक व्याज सम्बन्धित् खातामा जम्मा गरिने छ । यो खाता खोल्न नाबालकको उमेर १६ वर्ष पुग्न न्युनतम ५वर्ष बाँकी भएको हुनु पर्ने, नाबालकको जन्म मिति प्रमाणित भएको कागजात पेश गर्नुपर्ने छ । नाबालकको शैक्षिक उन्नतिका लागि वा औषधि उपचार गर्नका लागि रकम आवश्यक परेमा खाता खोलेको ५ वर्ष पुरा भएपछि खातामा मौज्दात रहेको रकमको ७५℅ रकम कर्जा स्वरुप थप २℅ ब्याज तिरी निकाल्न सकिने छ ।
मुद्दती खाताः
यो खाता न्यूनतम रु. ५,०००।- बाट ६ महिनादेखि ३ वर्ष अवधिका लागि खोल्न सकिने छ । यो खाताबाट रकम आवश्यक परी निकाल्नु परेमा ९० रकमसम्म कर्जाको रुपमा निकाल्न पाइने छ । यस खातामा १ वर्षे मुद्दती खातामा वार्षिक १२.५० प्रतिशत र ६ महिने मुद्दती खातामा वार्षिक १२ प्रतिशतका दरले त्रैमासिक व्याज प्रदान गर्दे आइरहेको छ ।
अक्षयकोष खाताः
कुनै पनि धार्मिक, शैक्षिक वा सामाजिक संघ/संस्था वा निकायको कुनै पनि किसिमको कोषहरु संचालक समितिको निर्णय अनुसार सम्बन्धित् निकायको सम्झौतामा अक्षयकोष खाता खोल्न सकिने छ । यस्तो खाताको अवधि न्युनतम ५ वर्षको हुने छ ।
क्रमिक बचत खाताः
यो खाता २४ महिनादेखि ६० महिना अवधिको हुने छ । यो खाता खोल्न सदस्यले आफूले मासिक रुपमा कति रकम जम्मा गर्ने हो र कति अवधिको लागि जम्मा गर्ने हो निवेदनमा खुलाउनुपर्ने छ र सोही अनुसारको रकम प्रत्येक महिनाको ७ गतेभित्रमा जम्मा गरिसक्नु पर्नेछ । यो खातामा आफुले निवेदनमा खुलाए अनुसारको अवधिसम्म प्रत्येक महिना तोकिए अनुसार रकम जम्मा भएपछि २४ किस्ता जम्मा भएको रकमलाई २५ औं महिनापछि २७ किस्ता बराबर ; ३६ किस्ता जम्मा भएको रकमलाई ३७ औं महिनापछि ४४ किस्ता बराबर ; ४८ किस्ता जम्मा भएको रकमलाई ४९ औं महिनापछि ६२ किस्ता र ६० किस्ता जम्मा भएको रकमलाई ६१ औं महिनापछि ८२ किस्ता बराबरको रकम प्रदान गरिन्छ ।
हिमालय बचत खाताः
यस बचत खातामा न्युनतम रु.१ हजार मौज्दात कायम रहने गरी खोलिन सकिने यस खातामा दैनिक मौज्दातको हिसाबले व्याज दिइने छ । यस खातामा वार्षिक ४℅का दरले व्याज हिसाब गरी त्रैमासिक रुपमा सम्बन्धित् खातामा जम्मा गरिन्छ ।
विशेष आवधिक खाताः
यो खाता ६ महिना वा १ वर्ष अवधिका लागि खोल्न सकिने छ । यस खाताबाट ८० प्रतिशतसम्म रकम कर्जाको रुपमा निकाल्न पाइनेछ । यस खातामा संचालक समितिले समय समयमा तोके बमोजिमको व्याज प्रदान गरिनेछ ।
