सहकारी भावना अनुरुप संयुक्त प्रयासको माध्यमबाट सदस्यहरुलाई काम गर्न प्रोत्साहन दिने तथा देशमा छरिएर रहेको पूँजीलाई एकिकृत गर्ने, निक्षेप स्वीकार गर्ने र अन्य वित्तीय उपकरणको माध्यमद्वारा बचत परिचालन गरी पूँजी संकलन गर्ने र यसरी प्राप्त भएको पूँजीलाई देशको आर्थिक विकासमा सघाउ पुर्याउने क्षेत्रमा लगानी गरी सर्वसाधारण जनताको आर्थिक हित सहकारी सिद्धान्तबाट कायम राख्न र आर्थिक स्तरमा अभिवृद्धि एवं सुदृढ पार्दै लैजान बैंकिङ कारोबार गर्नु यस संस्थाको प्रमुख उद्देश्य रहेको छ । सदस्यहरुमा स्वावलम्वनको ज्ञान, पारस्परिक सहयोग र मितव्ययिताको भावना सिर्जना गर्ने र बचत गर्ने बानीको अभिवृद्धि गर्ने; सदस्यहरुको आर्थिक तथा सामाजिक जीवनस्तर उठाउने; सदस्यहरु तथा सर्वसाधारणलाई बैंकिङ तथा वित्तिय कारोबारको बानी बसाल्ने; सहकारी सिद्धान्त र भावना अनुरुप सामुहिक व्यवसाय संचालन गर्ने यस संस्थाको उद्देश्य रहेको छ ।
