| क्र.सं. | कर्जाको उद्देश्य | ब्याजदर |
|---|---|---|
| १ | व्यवसाय चालू पुँजी | १०.५०% |
| २ | जग्गा विकास कर्जा | १०.५०% |
| ३ | व्यक्तिगत कर्जा | १०.५०% |
| ४ | घर निर्माण/मर्मत कर्जा | १०.५०% |
| ५ | सेवा, सामाजिक तथा अन्य कर्जा | १०.५०% |
| ६ | विशेष राहत कर्जा | १०.५०% |
| ७ | शैक्षिक कर्जा | १०.५०% |
| ८ | कृषि उत्पादन तथा कृषि व्यवसाय | १०.५०% |
| ९ | सवारीसाधन कर्जा (भ्यालुमा आधारित) | १०.५०% |
| १० | घर वा जग्गा खरिद तथा घर निर्माण कर्जा | १०.५०% |
| ११ | विविध कर्जा | १०.५०% |
| १२ | व्यवसायिक कर्जा (व्यापार) | १०.५०% |
| १३ | सदस्य सहुलियत कर्जा | ८.००% |
१. व्यवसाय चालू पुँजी
यो उद्देश्यको कर्जा छोटो अवधिको अर्थात् ६ महिनाको हुनेछ। स्वीकृत कर्जाको सीमाभित्र रही तोकिएबमोजिमको नवीकरण शुल्क बुझाई आवश्यक रकमको पुनः ६ महिनाको लागि नवीकरण गर्न सकिनेछ। यो कर्जा माग गर्ने सदस्यले आफूले सञ्चालन गरेको व्यवसायको प्रमाणपत्र पेश गर्नुपर्नेछ।
२. जग्गा विकास कर्जा
यो उद्देश्यको कर्जा काठमाडौं जिल्लाभित्र जग्गा खरिद गरी प्लटिङ गरेर विकसित घडेरी बिक्री गर्ने व्यक्ति वा फर्मका लागि प्रदान गरिनेछ। यो कर्जा मध्यम अवधिको हुनेछ र बढीमा ३ वर्षभित्र किस्ता–किस्तामा चुक्ता गर्नुपर्नेछ।
३. व्यक्तिगत कर्जा
यो उद्देश्यको कर्जा घरायसी कार्यका लागि सामान खरिद गर्न, सामाजिक कार्य गर्न, सेवा प्रदान गर्ने व्यवसाय तथा दर्ता नभएका व्यवसाय सञ्चालन समेतका लागि प्रदान गरिनेछ। यो कर्जा मध्यम अवधिको हुनेछ र बढीमा ३ वर्षभित्र किस्ता–किस्तामा चुक्ता गर्नुपर्नेछ।
४. घर निर्माण/मर्मत कर्जा
यस उद्देश्यको कर्जा ऋणीको आफ्नै वा सगोलको परिवारको नाममा रहेको जग्गामा नयाँ घर निर्माण गर्न वा मर्मत गर्नका लागि प्रदान गरिनेछ। नयाँ घर निर्माणका लागि बढीमा ७ वर्ष र मर्मतका लागि बढीमा ३ वर्षसम्मको भुक्तानी अवधि कायम गरिनेछ।
५. सेवा, सामाजिक तथा अन्य कर्जा
यो उद्देश्यको कर्जा घरायसी कार्यका लागि सामान खरिद गर्न, सामाजिक कार्य गर्न, सेवा प्रदान गर्ने व्यवसाय तथा दर्ता नभएका व्यवसाय सञ्चालन समेतका लागि प्रदान गरिनेछ। यो कर्जा मध्यम अवधिको हुनेछ र बढीमा ३ वर्षभित्र किस्ता–किस्तामा चुक्ता गर्नुपर्नेछ। किस्ता–किस्तामा तिर्ने गरी प्रदान गरिएको यस कर्जामा कुनै खास कारणबाट किस्ता बुझाउन नसकिएको देखिएमा नियमानुसार किस्ताको पुनर्तालिकीकरण गर्न सकिनेछ।
६. विशेष राहत कर्जा
यो उद्देश्यको कर्जा व्यक्तिगत कर्जा सरह रहनेछ। यो कर्जा प्रदान गर्दा व्यक्तिगत कर्जा प्रदान गर्न पूरा गर्नुपर्ने प्रक्रिया पूरा गरी कर्जा प्रदान गर्न सकिनेछ। उक्त कर्जाको अवधि ६ महिनाको हुनेछ।
७. शैक्षिक कर्जा
यस उद्देश्यको कर्जा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विश्वविद्यालयमा १२ वा सोभन्दा माथि उच्च शिक्षा हासिल गर्नका लागि आवश्यक रकम कर्जाबापत अचल सम्पत्ति धितो लिई प्रदान गरिनेछ। यो कर्जा मध्यम अवधिको हुनेछ र ५ वर्षभित्र चुक्ता गर्नुपर्नेछ।
८. कृषि उत्पादन तथा कृषि व्यवसाय
यो उद्देश्यको कर्जा कृषि उत्पादन, अन्नबाली, तरकारी खेती आदिका लागि छोटो अवधिको हुनेछ। कृषि व्यवसाय भन्नाले फलफूल खेती, पशुपन्छी पालन तथा कृषि यान्त्रीकरण जस्तै ट्र्याक्टर, पावर टिलर र सिँचाइ उपकरण आदिका लागि मध्यम अवधिको कर्जा ५ वर्षको लागि प्रदान गरिनेछ।
९. सवारीसाधन कर्जा (भ्यालुमा आधारित)
यस उद्देश्यअन्तर्गत ट्रक, मिनीबस, ठूला बस, टेम्पो, भ्यान, ट्याक्सी, ट्र्याक्टर आदि तथा निजी प्रयोजनका लागि प्रयोग हुने सवारीसाधन खरिद गर्न कर्जा दिइनेछ। यो कर्जा नयाँ सवारीसाधन खरिद गर्नका लागि प्रदान गरिनेछ।
१०. घर वा जग्गा खरिद तथा घर निर्माण कर्जा
यो उद्देश्यको कर्जा नयाँ घर वा जग्गा खरिद गर्नका लागि प्रदान गरिनेछ। नयाँ घर वा जग्गा खरिद गर्नका लागि प्रदान गरिने कर्जाको अवधि ७ देखि १० वर्षसम्म हुनेछ। घरजग्गा खरिद गर्न चाहने सदस्यले कर्जा माग गर्दा लागत मूल्य खुलाइएको, खरिद गर्न लागेको जग्गाधनीसँग गरेको बैना कागज र जग्गाधनी प्रमाण पुर्जाको फोटोकपी सहित संस्थामा निवेदन दिनुपर्नेछ।
११. विविध कर्जा
यो उद्देश्यको कर्जा व्यापार व्यवसाय सुचारु ढंगले सञ्चालन गर्नका लागि प्रदान गरिन्छ। प्रत्येक महिना ब्याज बुझाई ६ महिनामा किस्ता बुझाउनुपर्नेछ।
१२. व्यवसायिक कर्जा (व्यापार)
यो उद्देश्यको कर्जा व्यापार व्यवसाय सुचारु ढंगले सञ्चालन गर्नका लागि प्रदान गरिन्छ। प्रत्येक महिना ब्याज बुझाई ६/६ महिनामा किस्ता बुझाउनुपर्नेछ।
१३. सदस्य सहुलियत कर्जा
यो उद्देश्यको कर्जामा संस्थाको नियमानुसार धितो स्वीकार गरी लगानी गर्न सक्ने रकम बराबर कर्जा प्रदान गर्न सकिनेछ। उक्त कर्जाको अवधि ६ महिनाको हुनेछ तथा तोकिएको अवधिमा कर्जा चुक्ता गर्न नसकेमा ०.२५ प्रतिशत सेवाशुल्क बुझाई ६/६ महिनामा नवीकरण गर्न सकिनेछ।
